संविधान र निर्वाचन प्रणाली देखाएर दलहरू जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान र निर्वाचन प्रणाली देखाएर दलहरू जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक-पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताउनुभएको हो । 

भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बासी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताउनु भयो । 

उहाँले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरू जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाउनु भयो । उहाँले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरू भाग्न खोजिरहेको आरोप पनि लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.