प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गर्ने

संसदमा आजै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ । त्यसअघि उहाँले संसदमा विशेष सम्बोधन गर्नु हुनेछ । सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको संवोधन लगत्तै आजै प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको छ।

यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.