काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छ : देउवा

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये काँग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनु भयो । काँग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक रहेको पनि देउवाले उल्लेख गर्नुभयो । काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनसके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने उहाँको भनाइ छ । 

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरुलाई काँग्रेसमा समेट्न जरुरी रहेको पनि बताउनु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.