काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा भलिबल च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ। मालिभ्सको मालेमा आज सम्पन्न भएको खेलमा काजखस्तानको झेइक क्लबलाई ३-२ ले हराएको हो।
हेल्प नेपालले पहिलो सेटमा काजखस्तानको झेइक क्लबलाई २५-२२ ले हराएको थियो। सुरुआतबाट लगातार अग्रता बनाएको हेल्प नेपालले सेटभरी नै झेइकलाई पछि पार्दै जितेको थियो। तर दोस्रो सेटमा हेल्प नेपाल क्लब १८-२५ ले पराजित भएको थियो। तेस्रो सेटमा २३-२५ ले हारेपछि खेलमा हेल्प नेपाल १-२ सेटले पछि परेको थियो। तर चौथो सेटमा हेल्प नेपालले २५-१८ को जित निकालेर खेलमा कमब्याक गरेको थियो।
पाँचौ तथा निर्णायक सेटमा १५-११ को जितसहित हेल्प नेपाल विजयी भएको हो। यसअघि हेल्प नेपाल कीर्गिस्तानको क्लब बिस्केकसँग पराजित भएको थियो। तर नेपाली क्लबले माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ र घरेलु टोली धिवेही सिफाइन्सलाई ३-२ ले हराएको थियो।