आदिवासी जनजातिहरूलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
आदिवासी जनजातिहरूलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताउनु भयो । 

उहाँले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताउनु भयो । उहाँले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरूको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । आदिवासी जनजातिहरूको लागि कांग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको उहाँले बताउनु भयो ।

सभापति देउवाले नेपाल सुन्दर देश भएको बताउनु भयो । आदिवासी जनजातिहरूले नेपालको पहिचान जोगाउने काममा ठूलो महत्व पुर्‍याएको उहाँकाे भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.