काठमाडौं । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा २७ हजार ७ सय ४४ मुद्दा फर्छ्योट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा ५२ हजार १ सय ४१ मुद्दा रहेकामा २३ हजार ३ सय २७ मुद्दा फर्छ्योट गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले विगतको तुलनामा मुद्दा फर्छ्योटमा उल्लेख्य सुधार भएको बताउनुभयो ।
अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले अदालतमा मुद्दाको चाप अत्यधिक रहेको र कर्मचारी अभाव रहेको हुँदा काम गर्न समस्या भएको बताउनुभयो । अदालतले दुई वर्ष पुराना मुद्दाको फर्छ्योटलाई प्राथमिकतामा राखेको छ भने २ वर्ष पुराना नाघेका मुद्दाको संख्या १ हजार ८ सय ५३ छन् ।