काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसद्को कार्यसूचीमा राखिएका विधेयकहरू हटाइनु राम्रो नभएको बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिमा विचार विमर्श गरेर पारित भएका विधेयकहरू सदनको कार्यसूचीमा चढेर हटाइनु राम्रो नहुने बताउनु भयो ।
विधेयकहरू समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको बताउनु भयो । देशको राजनीतिक परिस्थितीलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको उहाँकाे भनाइ छ।
अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गर्नुभयो ।