सल्यान । कुनै समय जन्म, विवाहदेखि पूजाआजालगायतका सामाजिक संस्कारमा अनिवार्य बज्ने नौमती बाजा अचेल निकै कम सुनिन थालेको छ ।
आधुनिकतासँगै यी बाजा गाउँघरमा पनि कमै मात्रामा देख्न सकिन्छ । त्यसैले सल्यानका केही स्थानीय तहहरूले नौमती बाजाको संरक्षण गर्न अब नयाँ उपाय अवलम्बन गर्न थालेका छन्।
सल्यानको त्रिवेणी गाउापालिकाले हराउँदै गएको नौमती बाजा संरक्षण गर्न महिलालाई तालिम दिन थालेका छन् । पहिले निश्चित जातिसमूहका पुरूषले मात्रै बजाउने नौमती बाजा संरक्षणका लागि महिलाहरू जाेडिएका हुन् ।
गाउँपालिकाहरूले महिलालाई मात्रै नभई विद्यार्थीलाई समेत नौमती बाजा बजाउने तालिम दिन थालेका छन् । युवा पुस्तामार्फत पुराना संस्कृति संरक्षण गर्ने उद्देश्यले विद्यार्थीहरूलाई प्रयोगात्मक तालिम दिएको छ ।
संस्कृति केवल गीत र बाजामा सीमित छैन्, त्यो त पहिचान हो, इतिहास हो । त्यहीँ पहिचान जोगाउन स्थानीय सरकारले नौमती बाजाजस्ता परम्परागत सांगीतिक सम्पदालाई संरक्षण गर्न विशेष अभियान सुरू गरेका हुन् । जसले संस्कृति संरक्षणसँगै महिलाहरूको आयआर्जनमा समेत टेवा पुगेको छ ।
नौमती बाजाको लय हराउँदै थियो, तर सल्यानका स्थानिय सरकारहरूले त्यसलाई फेरि ब्यूाताउँने प्रयास गरेका छन् । महिलाले सम्हालेको दमाहा, विद्यार्थीले समातेको सहनाइ- अब यो केवल ताल होइन, पुस्तान्तरको सन्देश बनेको छ ।
कान्तिपुर टेलिभिजनका लागि, ,