रैथाने बालीलाई प्रवर्द्धन गर्दै पाल्लाको रम्भा गाउँपालिका, कोदो रोपाइँ महोत्सव आयोजना

असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रैथाने बालीलाई प्रवर्द्धन गर्दै पाल्लाको रम्भा गाउँपालिका, कोदो रोपाइँ महोत्सव आयोजना
पाल्पा । रैथाने बाली प्रवर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकारका नीति तथा कार्यक्रममा समेटिन्छन् । तर बजेट भने अत्यन्तै न्यून विनियोजन हुने गरेको छ ।

केही स्थानीय तहले भने रैथाने बाली संरक्षणमा सक्दो प्रयास गरेका छन् । त्यस्तै मध्यको एक पाल्पाको रम्भा गाउँपालिकाले तीन वर्षदेखि कोदो खेती प्रवर्द्धनलाई जोड दिएको छ । 

यो गाउँपालिकाले यसपटक कोदो खेती प्रवर्द्धनका कार्यक्रमलाई जोड दिँदै प्रचार-प्रसारका लागि बुधवार कोदो रोपाइ महोत्सव नै आयोजना गर्‍यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.