विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० लाख रूपैयाँको बजेट ल्याएको छ ।
पूर्वाधार, सामाजिक क्षेत्र र वडास्तरीय कार्यक्रमलाई प्राथमिकतालाई राखेर बजेट ल्याएको दाबी भइरहँदा नगरबासीले भने आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट नल्याई महत्वकांक्षी बजेट ल्याएको भनेर आलोचना गरेका छन् ।
महानगरपालिको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दा विराटनगर महानगरबासीहरूले पनि आधारभूत आवश्यकतलाई प्राथमिकतामा राखेर बजेट नल्याई महत्वकांक्षी बजेट ल्याएको बताएका छन् ।
बजेट ठूलो आकारमा आएको विराटनगरको दिर्घकालिन योजना भन्दा महत्वकांक्षी भएको र विगतको पुँजीगत भन्दा चालु खर्च बढी देखिएकाले कार्यान्वयन नहुने भन्दै चालु खर्च बढाउन विज्ञहरूले महानगरलाई आग्रह गरेका छन् ।
महानगरले महत्वकाँक्षी बजेट ल्याएकाले कार्यान्वयन पक्षलाई ध्यान दिनु जरूरी छ ।