सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल

जेष्ठ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गर्नुभएको छ । 

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो अनविज्ञता प्रकट गर्नुभएको हो ।

केही दिनअघि संसद्को गतिरोध केही दिनभित्रै अन्त्य हुने बताउनुभएका अध्यक्ष दाहालले दुई बितिसक्दा समेत संसद् सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाउनु भयो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद् अवरोध गर्दै आएका छन् । करिब दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद् भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग संसद्को अवरोधको बारेमा नै छलफल भएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.