सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच सदन खुलाउने विषयमा भएको दुई बुँदे सहमतिमा के छ ?

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच सदन खुलाउने विषयमा भएको दुई बुँदे सहमतिमा के छ ?

काठमाडौं । विगत केही दिनदेखि प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारू गर्न सत्तापक्ष र विपक्षी दलबीच सहमति भएको छ । सदन अवराेध हटाउने विषयमा सत्तापक्ष र विपक्षी दलबीच सहमति भएको हाे । 

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले समेत संसद् अवराेध हटाउने विषयमा सहमति भएकाे बताउनुभएकाे छ ।

 यस्ताे छ सत्तापक्ष र विपक्षी दलबीच भएकाे दुई बुँदे सहमति 

१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबसन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.