काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० को अध्यक्षमा डा। सुजन कडरिया निर्वाचित हुनुभएको छ ।
काठमाडौँमा भएको निर्वाचनमा कडरियाले निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मत पराजित गर्दै अध्यक्ष निर्वाचित हुनुभएको हो । कडरियाले ७ सय ३२ मत ल्याउनुभएको छ भने पौडेलले ७ सय २५ मत पाउनुभएको छ ।
३२ वर्षे उमेर हद लागू भएपछि यसअघि उनीभन्दा माथिल्लो पदमा रहेकाहरू बाहिरिँदा कडरियाको नेतृत्वमा नयाँ आएको हो। निर्वाचनबाट उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी, सचिवमा आकाश घर्तीमगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सचिवालय सदस्यमा कोशीबाट प्रवीण कार्की, रोशन लामा र पुष्पा मगर, मधेशबाट दिवस सापकोटा र कायरा पोख्रेल, बागमतीबाट नविन्द्र चालिसे, भुवन मैनाली र सरस्वती थापा खड्का, उपत्यकाबाट सुनिल थापा र सुनिता घिमिरे, गण्डकीबाट किशोरचन्द्र सुवेदी, विनय पराजुल र कृति भट्टराई निर्वाचित हुनुभएको छ ।
त्यस्तै, लुम्बिनीबाट आर्जन रिमाल, सागर न्यौपाने र सीमा घिमिरे, कर्णालीबाट विराज भण्डारी र प्रतिमा खड्का क्षेत्री, सुदूरपश्चिमबाट किशोर शाह, रोशनबहादुर साउद र कल्पना तिमिल्सेना, विश्वविद्यालयबाट विशाल आचार्य, विशाल खड्का र बिहानी पंगेनी, सम्पर्क कमिटी र विभागतर्फबाट कविराज घिमिरे र सुस्मा शाही निर्वाचित हुनुभएको छ ।