विपद् जोखिम न्युनिकरण र श्रोतहरूको दिगो उपयोग सरकारको प्राथमिकतामा : अर्थमन्त्री पौडेल

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद् जोखिम न्युनिकरण र श्रोतहरूको दिगो उपयोग सरकारको प्राथमिकतामा : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्युनिकरण र श्रोतहरूको दिगो उपयोग सरकारकाे प्राथमिकतामा रहेकाे बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रूपमा नेपाल रहेको बताउनु भयो । 

उहाँले सार्वजनिक संस्थानहरूको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकतालाई समेत औंल्याउनुभयो । बलिया संस्थाहरूले मात्र विकास लक्ष्यलाई वास्तविक रूपमा रूपान्तरण गर्नसक्ने जिकिर गर्नुभयो । 

सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उहाँले बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरू समयमै प्रभवाकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.