मैले कार्यकर्ता भेट्न एमालेको अनुमति लिनुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मैले कार्यकर्ता भेट्न एमालेको अनुमति लिनुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनु नपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनु नपर्ने बताउनुभएको हो । 

आफूले संगठित सदस्यता नलिँदादेखि नै पार्टीमा काम गर्दै आएको भन्दै उहाँले राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदादेखि पार्टीमा सक्रिय भएकाले एमालेको अनुमति लिनु नपर्ने उहाँको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेभित्र गुटगत राजनीति नगरेकोसमेत जिकिर गर्नुभयो । केही दिनअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई गुटबन्दी नगर्न चेतावनी दिनुभएको थियो । भण्डारीले भने अध्यक्ष ओलीले आफूलाई लक्षित गरेर त्यसो नभनेको प्रतिक्रिया दिनुभयो ।

कोशी प्रदेशको मोरङ र सुनसरीमा चार दिन बिताएर भण्डारी आजै काठमाडौं फर्कनुभएको छ । दुई पटक राष्ट्रपति भइसकेकी भण्डारीको पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.