कबीरको शिक्षामा आधारित कबीर पंथ नामक सम्प्रदाय सक्रिय रूपमा फैलिएको छ । कबीर सागरमा वर्णन अनुसार कबीर साहेबको अवतरण सन् १३९८ ९संवत १४५५० जेठ महिनाको पूर्णिमा दिन ब्रह्म मुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट भएको मानिन्छ । त्यस स्थानबाट नीरु र नीमा नाम गरेका एक साधारण दम्पतीले उँहालाई घर लगेका थिए ।
कबीरका अनुयायीहरू यस दिनलाई कबीर प्रकट्य दिवसको रूपमा मनाउने गर्छन् । कबीर दास १५औं शताब्दीका हिन्दी भक्ति कालका प्रमुख निर्गुण शाखाका कवि रहेको मानिन्छ । भारत उत्तर प्रदेशको कुशि नगरमा देह त्याग गर्नुभएका कबीर दासलाई हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरूले गुरुका रूपमा मानेका थिए ।