अवरुद्ध संसद् : कांग्रेस र विपक्षी दलको बैठक निष्कर्षविहीन

जेष्ठ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
अवरुद्ध संसद् : कांग्रेस र विपक्षी दलको बैठक निष्कर्षविहीन

काठमाडौं । अवरुद्ध सदन सञ्चालन गर्ने विषयमा सत्तारुढ नेपाली कांग्रेस र विपक्षी दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा रास्वपाबीचको बैठक निष्कर्षविहीन भएको हो ।

भिजिट भिसा प्रकरण छानबिन गर्नुपर्ने विपक्षीको मागमा नेपाली कांग्रेस असहमत भएपछि बैठकबाट निष्कर्ष निस्कन नसकेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । हिजो पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि बैठक आज दिउँसो २ बजेका लागि सारिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.