भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गर्नुभएको हो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरूले विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेका छन । 

सदनलाई अवरूद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरूवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको उल्लेख गर्नुभयो । नागरिकहरू सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उहाँको आरोप छ ।

प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरु छिटो टुंगो लगाउने गरी नलागेको आरोप लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.