काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै जवाफ दिने बताउनुभएको छ ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गर्नुभयो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको अरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरूद्ध पार्दै आएका छन ।
गृहमन्त्री लेखकले संसद्मा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने र संसद्मा सबै प्रश्नको जवाफ दिने बताउनु भयो ।