प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं । संसद्‌मा देखिएको गतिरोध लगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक लगायत सहभागी हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.