प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित, गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीको नाराबाजी

जेष्ठ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित, गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । 

विपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो । 

'भिजिट भिसा' प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षी दलहरुले राजीनामा माग गरिरहेका छन् । 

राजीनामा नआएसम्म बैठक चल्न नदिने अडान राख्दै नाराबाजी गरेपछि आज बैठक चल्न सकेन ।  त्यसपछि आधा घण्टाका लागि रोकिएको बैठक भोलिका लागि सारियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.