काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गर्नुभएको छ ।
हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न आग्रह गर्नुभएको हो ।
उहाँले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गर्नुभयो । उहाँले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिएपनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बतउनु भयो ।
सांसद निधीले संसदको विषय भएकाले पनि संसदम विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।