गभर्नर नियुक्त नगर्दा राष्ट्र बैंक बदनाम भयो : विपक्षी दल

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
गभर्नर नियुक्त नगर्दा राष्ट्र बैंक बदनाम भयो : विपक्षी दल

काठमाडौं । विपक्षी दलका सांसदहरूले सरकारले गभर्नर नियुक्त नगर्दा राष्ट्र बैंकको बदनाम भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सत्तारुढ दलहरुको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको भन्दै त्यसले राष्ट्रको बदनाम भएको बताउनुभयो । 

उहाँले दुईतिहाइको सरकारले गभर्नर नियुक्ति गर्न नसक्नुको कारण के हो भन्दै प्रश्न समेत गर्नुभयो । राप्रपाका सांसद रोशन कार्कीले गभर्नर पद लिलामीमा गएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

सत्तारुढ दलबीच कुरा नमिल्दा चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर रिक्त रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.