अक्षय तृतीया पर्व : अर्घाखाँचीको त्रिबेणीधाममा सातु र सर्वत खाएर मनाइँदै

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अक्षय तृतीया पर्व : अर्घाखाँचीको त्रिबेणीधाममा सातु र सर्वत खाएर मनाइँदै

अर्घाखाँची । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज अर्घाखाँचीको त्रिबेणीधाममा सातु र सर्वत खाएर मनाइएको छ । 

स्थानीय समाजसेवी युवराज श्रेष्ठको पहलमा २ सय जनालाई सातु र सर्वत खुवाइएको हो । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाइ घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.