पक्राउसम्बन्धी सच्चाइएको पत्र लिएर सर्वोच्चका कर्मचारी रेशम चौधरीलाई राखिएको डिल्ली बजार कारागार पुगे

वैशाख १७, २०८२ |किरण पौडेल
पक्राउसम्बन्धी सच्चाइएको पत्र लिएर सर्वोच्चका कर्मचारी रेशम चौधरीलाई राखिएको डिल्ली बजार कारागार पुगे

काठमाडौं । सर्वोच्च अदालतका कर्मचारी सच्चाइएको पत्र लिएर नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी राखिएको डिल्ली बजार कारागार पुगेका छन् । 

यसअघि चौधरीलाई पक्राउको पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रार र सहरजिस्ट्रारहरुको बैठक बसेको छ । अदालतका लेटर प्याड र छाप सुरक्षित राख्न प्रशासन महाशाखा प्रमुखले निर्देशन समेत दिनु भएको छ ।

नाउपा र जनमत पार्टी एकताका लागि प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई आज सादा पोशाकमा रहेका प्रहरीले पक्राउ गरी डिल्ली बजार काराकार पुर्‍याएका थिए । 


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।