सरकारको काम सन्तोषजनक छैन, विघटन हुनुपर्छ : माओवादी अध्यक्ष दाहाल

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारको काम सन्तोषजनक छैन, विघटन हुनुपर्छ : माओवादी अध्यक्ष दाहाल

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकारको काम सन्तोषजनक नरहेकाले विघटन हुनुपर्ने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नयाँ सरकार बन्नु पर्ने धारणा राख्नुभयो । 

हिजो बसेको गठबन्धनको बैठकमा आफू उपस्थित भए पनि गठन्धनलाई कहिले पनि समर्थन नगर्ने र आफू गठबन्धनमा जाने विषय दिवा सपना रहेको बताउनुभयो ।

उहाँले कांग्रेसको नेतृत्वमा सरकार बने सघाउने, तर अहिलेको गठबन्धनलाई नसघाउने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.