![सहकारीपीडितको प्रदर्शन [फोटोफिचर]](https://kantipurtv-assets-api.ekantipur.com/thumb.php?src=https://kantipurtv-assets-cdn.ekantipur.com/uploads/source/news/2025/miscellaneous/1-1745142277.jpg&w=1000&height=550)
काठमाडौं । सहकारीपीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै सहकारीपीडितहरूले विरोधस्वरूप आज र्याली निकालेका हुन् ।

उनीहरूले लघुवित्त तथा सहकारी संस्थाको खारेजी, लघुवित्तपीडित पीडितको प्रतिवेदन बिनाशर्त कार्यान्वयन गर्नुपर्ने लगायत माग राखेका छन् । यस्तै सहकारीपीडितहरूको समस्या फास्ट ट्र्याकबाट समाधान गर्न पनि उनीहरूको माग छ ।

विभिन्न जिल्लाबाट भेला भएका सहकारीपीडितले पटक पटक काठमाडौंमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।






