मात्तिएर भुइँ छोडेका कारण माओवादी ओरालो लाग्यो : अध्यक्ष दाहाल

वैशाख ७, २०८२ |महाप्रसाद खतिवडा
मात्तिएर भुइँ छोडेका कारण माओवादी ओरालो लाग्यो : अध्यक्ष दाहाल

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालको संविधानसभा निर्वाचनमा धेरै सिट जित्दा आफूहरू मात्तिएर भुइँ छाडेका कारण माओवादी ओरालो लागेको बताउनु भएको छ । 

विराटनगरमा आयोजित माओवादी केन्द्र महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पार्टीमा गुटबन्दी नगर्न कार्यकर्तासँग सचेत गराउनु भयो । उहाँले कार्यकर्तालाई नमात्तिनसमेत आग्रह गर्नुभयो ।

यसैगरी, दाहालले संविधान संशोधनको बहस चलाउनुपर्ने बताउनु भएको छ । विराटनगरमै आयोजित 'हाम्रो मत' दैनिकको २२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको मागलाई सम्बोधन गर्न संविधान संशोधनको बहस चलाउनुपर्नेमा जोड दिनु भयो । संविधान संशोधनबाट अहिले प्राप्त उपलब्धि गुम्न नदिने दाहालको भनाइ छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।