काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर दलहरुको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा एकमत भएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्र, जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीसहित गणतन्त्र पक्षधर दलका नेताहरु सहभागी थिए ।
राजावादी आन्दोलनका नाममा काठमाडौंमा भएको अराजकता र आक्रमणको दलहरुले भर्त्सना गरेका छन् । पछिल्लो घटनाक्रममाथि छलफल गर्न गणतन्त्रवादी दलहरुको बैठक बसेको हो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाइएको थिएन ।