गणतन्त्र पक्षधर दलहरुको सिंहदरबारमा बैठक

चैत्र १७, २०८१ |प्रकाश बम
गणतन्त्र पक्षधर दलहरुको सिंहदरबारमा बैठक

काठमाडौं । गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । 

बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्र, जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीसहित गणतन्त्र पक्षधर दलका नेताहरु सहभागी छन् । 

राजावादी आन्दोलनका नाममा काठमाडौंमा भएको अराजकता र आक्रमणको दलहरुले भर्त्सना गरेका छन् । पछिल्लो घटनाक्रममाथि छलफल गर्न गणतन्त्रवादी दलहरुको बैठक बसेको हो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाइएको छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।