राजावादीहरूको प्रदर्शन अद्भूत होइन : सभापति देउवा

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजावादीहरूको प्रदर्शन अद्भूत होइन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरूको प्रदर्शन कुनै अद्भूत नभएको प्रतिक्रिया दिनुभएको छ । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले राजावादीहरूको प्रदर्शनबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।

पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उहाँले कसैले उचाल्ने कुरा नभएको र उचालेको थाहा नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “कहाँ अद्भूत भएको छ, केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।”

उहाँले दुई ठूला पार्टी सरकारमा भएकाले समसामयिक अवस्था ठीक भएको र सरकारमा कुनै समस्या नरहेको बताउनुभयो ।

यस्तै उहाँले कांग्रेस महाधिवेशन निर्धारित समयमै हुने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement