सरकार असफल भइसक्यो : दाहाल

फाल्गुन २५, २०८१ |अमरकान्त ठाकुर
सरकार असफल भइसक्यो : दाहाल

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार असफल भइसकेको बताउनु भएको छ ।

'जनतासँग माओवादी तराई-मधेश जनजागरण अभियान' जारी रहेकै बेला आज काठमाडौं फर्किने क्रममा जनकपुर विमानस्थलमा अध्यक्ष दाहालले संसदमा ल्याइएका अध्यादेशलाई गलत ढंगले टुंग्याएकाले सरकार असफल भइसकेको बताउनु भयो ।

दाहालले तराई-मधेश जनजागरण अभियान रोकिएको भन्ने चर्चा अपवाह मात्र रहेको भन्दै अभियान केही समय स्थगित मात्र गरिएको बताउनु भयो । 

उहाँले संसदमा उपस्थित हुनका लागि र पार्टी बैठकका लागि काठमाडौं जानुपर्ने भएकाले केही दिन अभियानलाई बिराम दिइएको बताउनु भयो । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको माओवादीको तराई-मधेश जनजागरण अभियान सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहटसम्म पुगेको थियो ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement