संसदीय प्रक्रिया विपरीत अध्यादेश अघि बढाएको भन्दै विपक्षी दलहरूले विरोध गर्ने

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय प्रक्रिया विपरीत अध्यादेश अघि बढाएको भन्दै विपक्षी दलहरूले विरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्र सहितका विपक्षी दलहरूले सरकारले संसदीय प्रक्रिया विपरीत दीर्घकालीन प्रभाव पार्ने गरी अध्यादेशअघि बढाएको भन्दै सदन र सडकबाट विरोध गर्ने जनाएका छन् ।

सरकारले भूमि बाहेकका पाँच वटा अध्यादेश संसद्‌बाट स्वीकृत गरेसँगै विपक्षी दलहरूले अध्यादेशको विरोध गर्ने प्रतिक्रिया दिएका हुन् । माओवादी केन्द्रले सरकारले कसैको इसारामा ल्याएको अध्यादेशले दीर्घकालीन असर गर्ने भन्दै सदन र सडक हुँदै जनतासम्म विरोधका कार्यक्रम अघि बढाउने जनाएको छ ।

यस्तै रास्वपाले अध्यादेशले संसदीय प्रक्रियामाथि नै प्रश्न चिह्न खडा गरिदिएको र खराब नजीर स्थापित गरिदिएको टिप्पणी गरेको छ ।

सत्तारुढ दलहरूले भने संवैधानिक प्रावधान अनुसार नै बाँकी रहेको एक महिनाभित्र अध्यादेशहरूलाई कानुनी रूप दिने दाबी गरेका छन् ।

संसद् बैठक बस्नुअघि संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र सहितका विपक्षी दलहरू रास्वपा, राप्रपा तथा एकीकृत समाजवादीको बैठकले अध्यादेशको विपक्षमा उभिने र सरकारले अघि सारेका अन्य कामको विरोध गर्ने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement