निजीकरण अध्यादेश बहुमतले स्वीकृत

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजीकरण अध्यादेश बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट ‘निजीकण (पहिलो संशोधन) अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो । 

अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्ताव बहुमतले पारित भएको छ । 

यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement