सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्रीद्वारा अध्यादेशको बचाउ, विपक्षीको आलोचना

फाल्गुन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्रीद्वारा अध्यादेशको बचाउ, विपक्षीको आलोचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै विपक्षीको आलोचना गर्नुभएको छ । सांसदहरूले अध्यादेशको बारे प्रश्न गर्दा उहाँले सरकारले काम छिटो गर्न अध्यादेश ल्याएको र त्यसमा नागरिक खुशी भएको बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का सांसद् वर्षमान पुनको प्रश्नमा उहाँले माओवादी नै संलग्न सरकारले संसद् सुरू हुनु ४ दिनअघि अध्यादेश ल्याएको प्रसंग पनि उल्लेख गर्नुभयो ।

सांसदहरूले प्रधानमन्त्रीलाई अर्थतन्त्र सुधार, भौतिक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, वातावरण प्रदूषण लगायतका विषयमा सरकारको पहल के छ भनेर प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओलीले निर्माणाधीन सडक समयमै सक्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने उल्लेख गर्दै त्यस्ता आयोजना निर्माणमा आफू संवेदनशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न पानीका स्रोतहरूको खोजी भइरहेको पनि बताउनुभयो । उहाँले आगलागी तथा डढेलोको विपद्का लागि सबै जिल्लामा पूर्वतयारी योजना बनाउन पनि निर्देशन दिइएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement