धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटाले आज शपथ लिनुभएको हो ।
सभामुख भीम भण्डारीले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विशेषाधिकार समितिले करिब एक वर्षपछि आज नेतृत्व पाएका हुन् ।