प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

माघ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो ३ बजे सिंहदरबारमा हुने बैठकमा सरकारले ल्याएका अध्यादेशहरूबारे छलफल हुने बताइएको छ ।

बिहीबार संसद् बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्न लाग्नुभएको हो । भोलिको बैठक सहज रूपमा अघि बढाउने विषयमा सभामुखले मुख्य दलका प्रमुख सचेतकको राय बुझ्ने बताइएको छ ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन् । कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे र एमालेमा महेश बर्तौला हुनुहुन्छ । यसैगरी माओवादीमा हितराज पाण्डे, रास्वपामा सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.