वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भयो : वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

माघ १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भयो : वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको आरोप लगाउनु भएको छ ।

सन्धिखर्कमा प्रेस सेन्टरले आयोजिना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई बचाउदै सत्ता जोगाउन लागिरहेको आरोप लगाएका हुन् ।

श्रेष्ठले सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सकेमात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने बताउनुभयो । ‘माओवादी सरकारले भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारवाही गर्न थालेपछि सरकार ढालिएको हो,’ उहाँले भन्नुभयो ।

उहाँले लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि माओवादी सरकारले गरेको दाबी गर्नुभयो । यस्ता कदमले जनतालाई सही दिशा देखाउने कार्य गरेको थियो । अध्यदेशबाट कानुन ल्याउन खोज्नुले पनि विपक्षी दलहरूसँग सत्तापक्ष अत्तालिएको स्पष्ट भएको उहाँको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.