शीर्ष नेतालाई हाच्छ्युँ आउँदा पनि संसद् रोक्ने काम बन्द गरौं : सीके राउत

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
शीर्ष नेतालाई हाच्छ्युँ आउँदा पनि संसद् रोक्ने काम बन्द गरौं : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संसद्को साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताउनु भयो । उहाँले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताउनु भयो । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद् सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको बताउनु भयो ।

‘सरकारले अधिवेशन नबोलाउँदासम्म संसद् पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ । सरकारले नै संसद्को पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कार्यक्रम भए नचल्ने, शिर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद् नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायलयले फैसला गर्ने गरेको आरोप लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.