अहिलेको आवश्यकता वृहत वामपन्थी एकता हो : झलनाथ खनाल

माघ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अहिलेको आवश्यकता वृहत वामपन्थी एकता हो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महसुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताउनु भयो ।

एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरूले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताउनु भयो । उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली काँग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताउनु भयो । उहाँले कम्युनिष्टहरूको मुख्य प्रतिद्वन्दी नेपाली काँग्रेस नै रहेको बताउनु भयो । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रुपले विभाजित भइरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement