सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिमा सफल भइदैन : महासचिव शंकर पोखरेल

माघ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिमा सफल भइदैन : महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अयिन्ताहरू सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरू रहेको बताउनु भयो ।

उहाँले जान्नेलाई छान्ने भन्नेहरुले नेपालको कानुन पहिला जान्नुपर्ने बताउनु भयो । अब युवाहरुले बुझिसकेको भन्दै युवाहरु भ्रमित नहुने बताउनु भयो । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरु र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताउनु भयो । राजनीति आफैँमा एउटा विज्ञान भएको बताउनु भयो ।

महासचिव पोखरेलले राजनीति गर्नेहरुले संघर्ष गर्न सक्नुपर्ने र धैयर्ता राख्न सक्नुपर्ने बताउनु भयो । सयौँ फूलहरु फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरु खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बतएनु भयो । समाजवादका नाममा अनेक प्रकारका दलहरुले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement