‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न

काठमाडौं । समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा ‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन तथा उनीहरूको दैनिक जीवन सहजीकरणका निम्ति प्रयोग हुने सामग्री प्रदर्शनी गर्दै शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको समापन समारोहमा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा लेखपढका निम्ति प्रयोग गर्ने सामग्रीहरू जस्तै ब्रेललिपिमा लेख्ने स्लेट, स्टाइलस, कम्प्युटर, ब्रेल सेन्सर, क्रिकेट बल, फुटबल, चेस आदि प्रदर्शनीमा राखिएको थियो । दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ‘लाइभ म्युजिक नेपाल’ ब्यान्डका कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष सुशील अधिकारीले दृष्टिविहीन व्यक्तिहरूलाई समान व्यवहार र सहज बुझाइको खाँचो रहेको बताउनुभयो । संस्थाका अध्यक्ष युवराज वाग्लेले विभिन्न कर्पोरेट क्षेत्रको सहयोगमा संस्थाले तालिम एवम् कार्यक्रमहरू गरेको भए पनि राज्यको तर्फबाट सहयोग नरहेको गुनासो व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement