काठमाडौं । सर्वोच्च अदालत बार एसोशिएशनको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी निकट गठबन्धन विजयी भएको छ । आज भएको निर्वाचनमा नेपाली कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोशिएशनका मेघराज पोखरेल अध्यक्षमा ३६८ मत सहित विजयी हुनुभएको हो ।
यसैगरी, उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण र कोषाध्यक्षमा रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।
खुला सदस्यमा निर्वाचित हुनुभएका सतिसराज मैनाली मात्र माओवादी केन्द्रनिकट हुनुहुन्छ । अरू पदमा कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारहरु विजयी भएका हुन् ।