तोकिएको मिति सकिएपछि भर्ना नलिन क्याम्पसहरुलाई त्रिविको निर्देशन

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
तोकिएको मिति सकिएपछि भर्ना नलिन क्याम्पसहरुलाई त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना अवधि सकिएपछि कुनै पनि विद्यार्थी भर्ना नलिन डीन कार्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले विज्ञप्ति जारी गरी स्नातक तहको पठनपाठन सुरु भइसकेको अवस्थामा भर्ना नलिन निर्देशन दिनुभएको हो ।

विश्वविद्यालयले विद्यार्थी भर्नासम्बन्धी शैक्षिक क्यालेण्डर र भर्ना सम्बन्धी सूचनाको मितिभन्दा बाहिर गएर भर्ना लिए विद्यार्थी परीक्षामा संलग्न हुन नपाउने चेतावनी दिएको छ । यसको जिम्मेवारी सम्बन्धित डीन र क्याम्पस प्रमुख हुने समेत त्रिविले उल्लेख गरेको छ ।

कान्तिपुर टेलिभिजनले शैक्षिक क्यालेण्डरले तोकेको मितिपछि पनि स्नातक तहमा भर्ना लिइरहेको समाचार प्रसारण गरेपछि विश्वविद्यालयले यस्तो निर्देशन दिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement