फायरसाइडमा राजकिशोर यादव : मधेशमा जसपा फेरि सरकारमा जाने तयारी गर्दै हो ?

पुस २२, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा राजकिशोर यादव : मधेशमा जसपा फेरि सरकारमा जाने तयारी गर्दै हो ?

सत्तारुढ कांग्रेस र एमालेले संविधान संशोधनको काम अघि बढाउने भनेपछि अहिले विपक्षी दलहरू सशंकित भएका छन् । संविधान संशोधनको विषयले लामो टुटफुट हुँदै विभिन्न दल र समूहमा विभाजित मधेश केन्द्रित दलहरूलाई त एउटै मञ्चमा उभ्याइदिएको छ । उनीहरूबीच कार्यगत एकतादेखि पार्टी एकतासम्मको बहस सुरू भएको छ ।

तर सत्ता, पद र शक्तिका लागि पटक पटक विभाजित यी दलहरूबीच एकता हुनेमा भने नेताहरू नै विश्वस्त छैनन् । संविधान संशोधनको विषयलाई लिएर मधेश केन्द्रित दलहरू किन यति धेरै सशंकित ? संविधान संशोधनमा मधेश केन्द्रित दलहरूको धारणा के हो ? एकले अर्कोलाई नेता नस्विकार्ने प्रवृत्ति रहेको मधेशी दलहरूबीच एकता सम्भव छ ?

कांग्रेस–एमालेको गठबन्धन सरकारमा सहभागी नभए पनि समर्थन चाहिँ कायमै राखेको जसपा नेपालको सरकारप्रतिको दृष्टिकोण के हो ? सरकार परिवर्तनको कुरा चलिरहँदा के मधेशमा जसपा नेपाल फेरि सरकारमा जाने तयारीमा हो ? मधेशमा लगातार झन्डै साढे ६ वर्ष सरकार चलाउने अवसर पाएको र संघीय सरकारमा पनि पटकपटक सहभागी भएको जसपा नेपाल संघीयताको औचित्य पुष्टि गर्न कति सफल कति असफल ? फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको उत्तर खोज्नेछौं र हामीसँग हुनुहुन्छ, जनता समाजवादी पार्टी नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादव ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement