‘जेएमईभी जीएसई’ सेडान नेपालमा सार्वजनिक

मंसिर ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘जेएमईभी जीएसई’ सेडान नेपालमा सार्वजनिक

काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले ‘जेएमईभी जीएसई’ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको ‘जेएमईभी जीएसई’ ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

सन् २०१५ मा स्थापना भएको ‘जेएमईभी’ चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट विद्युतीय सवारी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रेनल्ट समूहले ‘जेएमईभी’ मा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै चुलिएको थियो ।

‘जेएमईभी जीएसई’ नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएको कम्पनीको दाबी छ । ४९ केडब्ल्यूएच ब्याट्री क्षमता भएको यस गाडीको मोटर आउटपुट क्षमता ९९ केडब्ल्यू रहेको छ । यस्तै यसको रेन्ज ४२० किलोमिटर भएको बताइएको छ । १७० एमएम को ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपालको भूगोलका लागि उपयुक्त भएको कम्पनीको ठहर छ ।

प्यानोरामिक मूनरूफ र ४१० लिटरको बूट स्पेस भएको यो गाडीको मूल्य नेपाली बजारमा ५३ लाख ९९ हजार रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement