भरतपुर । गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा सुरक्षित र मानवीय ढंगले नै लगेको दाबी गर्नुभएको छ ।
आज चितवनको भरतपुरमा गृहमन्त्री लेखकले सुरक्षाको दृष्टिकोणले मर्यादापूर्वक नै लामिछानेलाई पोखरा लगिएको भन्दै त्यसको विरोध गरेर अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको आरोपसमेत लगाउनुभयो । उहाँले कानुनबमोजिम अनुसन्धान भइरहेको भन्दै प्रहरी र अदालतलाई प्रभावित गर्ने काम नगर्न आग्रह गर्नुभयो।
गृहमन्त्री लेखकले अनुसन्धानलाई प्रभावित गर्ने गरी प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले गरेको टिप्पणी दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । त्यसक्रममा चितवनका साहारा चितवन बहुउद्देश्यीय सहकारी र सनराइजन सहकारीका पीडितले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
यसैबीच गृहमन्त्री लेखकले सहमतिनुसार दुई दलको पहलमा संविधान संशोधनको काम अघि बढिरहेको जानकारीसमेत दिनुभयो ।