एनपीएलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले हरायो

मंसिर ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरालाई सुदूरपश्चिमले पाँच रनले हराएको छ । टीयू क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम पाँच रनले विजयी भएको हो । पोखराले टस जितेर फिल्डिङ रोजेपछि सुदूपश्चिमले पहिले ब्याटिङ गरेको थियो ।

सुदूरपश्चिमले २० ओभरसम्म ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सेफ अली जेवले ९ रन मात्र बनाउन सके । विनोद भण्डारी १४ र ब्रान्डन मकमुलेन २३ रन बनाएर कप्तान कुशल भुर्तेलको बलमा आउट भए । हरमित सिंह १३, कप्तान दिपेन्द्रसिंह ऐरी २० र इशान पाण्डे १० रन बनाएर बाहिरिए । पोखराका लागि कुशलले २ विकेट लिए ।

जवाफमा एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा एक सय ४८ रनमा अलआउट भयो । पोखराको ओपनिङमा दिनेश खरेल र एन्डि्रयस गसले ३७ रनको साझेदारी गरे । दिनेश १५ रन बनाएर आउट भए भने गसले ३६ रनको योगदान गरेका थिए । उनले २१ बलमा सो रन बनाएका हुन् । तर तेस्रो नम्बरका कुशल भुर्तेल शून्यमा आउट भएका थिए ।

दिलिप नाथ एक रनमा आए भए पनि जेन मलिकले १० रन बनाए भने रायमन रेइफरले ३३ रनको योगदान गरेका थिए । त्यस्तै किरण ठगुनाले ३२ रन बनाए । सुदूरका लागि स्कट कुग्लेइनले ५ विकेट लिए भने हरमित सिंहले तीन विकेट आफ्नो नाममा गरे । सेफ जैबले पनि एक विकेट लिए ।

पोखरालाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । अन्तिम ओभरमा सुदीप अर्याल रनआउट भए । विपिन खत्रीलाई कुग्लेइनले क्याचआउट गराए । सुदूरपश्चिम प्रतियोगिताको प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा बाहिरिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement