काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि आज बेइजिङ जाँदै हुनुहुन्छ । चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे हिमालयन एयरलाइन्सको जहाजबाट बेइजिङ जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलसहित र एक्लाएक्लै समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको छ भने मंसिर १८ गते नै दुइपक्षवीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षार गर्ने कार्यतालिका रहेको छ । भ्रमणको तेस्रो दिन बुधबार प्रधानमन्त्री ओलीले नेपाली र चिनियाँ व्यापारीहरुको भेलालाई सम्बोधन गर्नुहुनेछ भने केही स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ ।
साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यही दिन प्रधानमन्त्री ओलीले बेइजिङ पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई समेत सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीकोचीन भ्रमणमा विकाशका पूर्वाधारलगायत कनेक्टिभी ब्यापारलगायतमा सम्झौता गर्ने तयारी भइरहेको समेत परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको यसपटकको चीन भ्रमणको कार्यतालिका निकै ब्यस्त रहेको र निश्चितबाहेक अन्य केही कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृत राईले बताउनुभयो । प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमण पूरा गरी बिहीबार दिउँसो स्वदेश फर्कनुहुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी र निजी क्षेत्रका गरी झन्डै ९० जना सहभागी हुनेछन् ।