परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाडौं । चीनको तीन दिने भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणाले आज चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । चीनको छेङ्दु सहरमा आज अपराह्न उहाँहरुबीच वार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि मन्त्री डा. राणा बिहीबार चीन जानुभएको हो ।

उहाँहरुबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको छ ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गर्नुभएको थियो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement